नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्।
बुधवार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका जोसुकै भए पनि उनीहरूमाथि पनि निष्पक्ष छानबिन गर्नुपर्ने बताएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरण सरकारको परीक्षा भएको भन्दै उनले सरकारले नाम मुछिएका जोसुकैमाथि अनुसन्धान गर्नुपर्ने दोहोर्याए।