बूढानीलकण्ठमा महिलाको पाठेघरको भिआईए विधिद्वारा स्क्रिनिङ हुँदै

सबिन पन्त 'पृथक' १७ जेठ २०८१, बिहीबार ०७:४३ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाााशाखाको आयोजनामा महिलामा हुने पाठेघरको मुुुखको क्यान्सरको भिआईए विधिद्वारा पूर्व परिक्षण आजबाट शुरु भएको छ। 

बूढानीलकण्ठ नगरपालिका वडा नं.-३ स्थित स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक सम्झना कुँवरको संयोजन तथा परिवार नियोजन संघको प्राविधिक सहयोगमा शुरु भएको कार्यक्रममा आज पहिलो दिन १३० जना नगरवासी महिलाहरूले आफ्नो पाठेघरको जाँच गराएका छन्। 

वरिष्ठ स्वास्थ्य अधिकृत डा.कृपा क्षेत्रीको नेतृत्वमा वरिष्ठ स्टाफनर्स विभा राई निता गौतमले महिलाहरुको पाठेघरको नि:शुल्क परिक्षण गरेका थिए। स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले परिक्षण पश्चात् सेवाग्राही महिलाहरूलाई औषधि वितरण गरेका थिए।

उक्त अवसरमा वडा नं. ३ का अध्यक्ष आकाश धिताल, वडा सदस्य बालमाया श्रेष्ठ, डा.कौशल अधिकारीलगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम महिलाहरूकि लागि अत्यन्तै लाभदायक भएको र भोलिपनि स्वास्थ्य परिक्षण हुनेभएकोले नगरवासी सम्पूर्ण महिला दिदिबहिनीहरुले मौकाको फाईदा लिन कार्यक्रम संयोजक सम्झना कुँवर तथा नगर जनस्वास्थ्य प्रमुख कुमार प्रसाद दाहालले ले अनुरोध गरेकाछन्।