काठमाडौं, सुनसरी र मोरङमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टायता भारी वर्षा भएको हो। सुनसरीको चतरा, धरान, इटहरी, मोरङको केराबारी, लेटाङ, हरैंचा, बाउने र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ।
थप हुने देखिएकाले सेउती, सर्दू, सुनसरी खोला, बूढीखोला, खेसलिया, लोहन्द्रा खोला, चिसाङलगायत सुनसरी मोरङ भएर बग्ने खोलामा आकस्मिक बाढीको जोखिम रहेको विभागले जनाएको छ। दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।