बूढानीलकण्ठ - ११पैयाटारमा बिद्युत सब स्टेसन बन्ने,जग्गा अधिग्रहण गर्ने

HTV Khabar १९ वैशाख २०८०, मङ्गलबार १२:३९ मा प्रकाशित

बूढानीलकण्ठ नगरपालिका वडा नं ११ को पैयाटारमा नेपाल विद्युत प्राधिकरणको सब स्टेसन बन्ने भएको छ। नेपाल बिद्युत प्राधिकरण प्रशारण निर्देशनलयले सुचना जारी गर्दै २५ रोपनी जग्गा अधिग्रहण हुने जानकारी दिएको छ ।

सो स्थानमा विभिन्न भोल्टेजका सब स्टेसन निर्माण हुने भएकोले निर्माण क्षेत्रमा पर्ने जग्गाहरुका धनीहरुलाई मुआब्जा दिनेगरी अधिग्रहण गर्न  लागिएको जानकारी दिदै प्राधिकरणले सहयोगका लागि अनुरोध गरेको छ।