नेपाली बजारमा बुधवार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ। मङ्गलवार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य बुधवार प्रतितोला २०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ कायम गरिएको छ। यसै गरी तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मङ्गलवार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधवार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलवार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा किनबेच भएको थियो।