अनिवार्य अवकाशमा गएका एसपी राउत लाई बिदाई

HTV Khabar २८ फाल्गुन २०८१, बुधवार ०९:४८ मा प्रकाशित

काठमाडौं,  नेपाल प्रहरीका प्रहरी उपरीक्षक संजय बहादुर राउत अनिवार्य अवकाशमा गएका छन्।

३० वर्षे सेवाहद पुरा गरी उनी अनिवार्य अवकाशमा गएका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौंमा कार्यरत उनलाई बुधवार एक समारोहका बीच विदाई समेत गरिएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले एसपी राउतलाई मायाको चिनो र कदर पत्र प्रदान गरे।