- गृहपृष्ठ
- सशस्त्र प्रहरीको फ्यूल सेन्टरमा विद्युतीय चार्जिङ स्टेशन स्थापना
सशस्त्र प्रहरीको फ्यूल सेन्टरमा विद्युतीय चार्जिङ स्टेशन स्थापना
HTV Khabar
२५ भाद्र २०८०, सोमबार ०३:०५ मा प्रकाशित
काठमाडौं, सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्वारा कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेसन उद्घाटन भएको छ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा आइतबार २ वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन।
सार्वजनिक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन्। चार्जिङ स्टेसनमा १ सय ४२ किलोवाट क्षमताका २ वटा फास्ट चार्जरहरु रहेका छन्, यसबाट ठूला बससहित ६ वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ।