बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त ल्होसार पर्व विशेष कार्यक्रम गर्ने

सबिन पन्त 'पृथक' ५ माघ २०७९, बिहीबार ०२:४० मा प्रकाशित

बूढानीलकण्ठ नगरपालिकाले  सोनाम ल्होसारको अवसर पारेर भव्य कार्यक्रम आयोजना गरेर नगरभित्र बसोबास गर्ने   तामाङ,  ह्योल्मो र सम्बन्धित  अन्य जातिहरूको ल्होसार पर्वलाई संयुक्त रूपमा साझा साँस्कृतिक पर्व स्वरुप मनाउन लागेको छ।

साँस्कृतिक पर्व अवसर पारेर नेपाली चाड, पर्व तथा संस्कार-सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले आयोजना गर्नलागेको ल्होसार विशेष कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकि सहित नगर स्तरीय र उत्कृष्ट कार्यक्रम हुने नगर प्रवक्ता नवराज भट्टराईको   नेतृत्वमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिईएको छ। 

उक्त कार्यक्रम व्यवस्थापन गर्न  उपप्रमुखको संयोजक्तवमा १५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ। जस अन्तर्गत वडा नं ०५ का दोर्जे लामाको संयोजकत्वमा ८ उपसमिति गठन गरिएको छ।

माघ ८ गते (आईतवार) बिहान नगरका विभिन्न स्थानमा जम्मा भई र्‍यालीसहित वडा नं८ स्थित गोल्फुटार बास्केटबल मैदानमा भेलाभइ ल्होसार पर्व भव्यरुपमा मनाउने संयोजक अनिता लामाले बताइन्।

कार्यक्रममा नगरपालिकाका विभिन्न वडाहरुमा बसोबास गर्ने  विभिन्न जातिय\धार्मीक समुदायबाट मौलिक कला, सँस्कृति तथा भेषभुसाहरु प्रदर्शन गरिने उपप्रमुख तथा संयोजक लामाले जानकारी दिएकी छन्। कार्यक्रम स्थलमा स्थानीय सँस्कृति झल्काउने किसिमका खानेकुराका स्टल, मनोरञ्जनका सामाग्री एवं कला प्रदर्शनीका गर्नका लागि मञ्च बनाईने पनि उनले बताइन्।

यस कार्यक्रममा उपस्थित भई स्थानीय चाड पर्वहरुको संरक्षण र प्रवर्धनमा सहयोग गर्नुहुन सम्पुर्ण नगरवासीहरुमा आयोजक समितिले निमन्त्रणा गरेको छ।

कार्यक्रममा स्टल राख्न निःशूल्क व्यवस्थापन गरिएको छ। स्टल तथा अन्य व्यवस्थापकिय जानकारीका लागी उपसमिति संयोजक दोर्जे लामा (फोन नं ९८४१२०८१३५) र स्टल बुकिङ संयोजक दिलिप थिङ् (फोन नं ९८५१०१४१७३) लाई सम्पर्क गर्नुहुन आयोजकले अनुरोध गरेको छ।

मूल व्यवस्थापन समिति 

संयोजक : अनिता लामा 

१.मन्च व्यवस्थापन उपसमिति

संयोजक : सुमन तामाङ

सदस्य : दिलिप थिङ्ग

सदस्य : कर्ण लामा

२.आर्थिक तथा प्रसासन उपसमिति

संयोजक : विजय तामाङ

सदस्य : सुरेन्द्र लामा

सदस्य :विकास तामाङ

३.सांस्कृतिक उपसमिति

संयोजक : राजु तामाङ

सदस्य :धोर्जे तामाङ

सदस्य :सुजन तामाङ

४.प्रचार प्रसार तथा सुचना संचार उपसमिति

संयोजक : उज्वल तामाङ

सदस्य :बसन्त तामाङ

सदस्य : बुद्धि तामाङ

५.खाध्य व्यवस्थापन उपसमिति

संयोजक : दिलिप तामाङ

सदस्य : श्रीमान तामाङ

६.स्वयंसेवक व्यवस्थापन उपसमिति

संयोजक : कर्ण लामा

सदस्य : रण बहादुर तामाङ

सदस्य :श्री लामा

सदस्य : हेब्सिबा तामाङ

सदस्य ; रंजित लामा

७.सांस्कृतिक र्याली तथा झाँकी व्यवस्थापन उपसमिति

संयोजक : प्रेम बहादुर तामाङ

सदस्य : दिपक तामाङ

सदस्य :सुमन तामाङ

सदस्य :श्याम तामाङ

सदस्य : मिलन तामाङ

सदस्य : रोहित तामाङ

८.पुजा व्यवस्थापन उपसमिति

संयोजक : इन्द्र लामा

सदस्य :कृष्ण बहादुर तामाङ

सदस्य :भिम बहादुर तामाङ

र्‍यालीको लागि भेलाहुने स्थानहरुः

  • वडा नं १,२,३,४ र ५- नारायण्स्थान स्थित मिलनचोकमा भेला हुने,
  • वडा नं ६ र ७- हात्तिगौडा चोक,
  • वडा नं ०८ र ०९- गोल्फुटार स्थित वडा नं ०८ कार्यालय भवन,
  • वडा नं १०, ११, १२ र १३- कपन ह्याण्डबल मैदान ।