विश्वकपको उपाधिका लागि आज पाकिस्तान र इङ्ल्यान्ड खेल्ने

HTV Khabar २७ कार्तिक २०७९, आइतबार ०१:०६ मा प्रकाशित

काठमाडौं, आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज आईतवार पाकिस्तान र इङ्ल्यान्ड खेल्नेछन्।

अष्ट्रेलियाको एमसीजी रङ्गशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।                                                       पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गरेको थियो भने इङ्ल्यान्डले भारतलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो।

फाइलन इङ्ल्याण्ड र पाकिस्तान जुन टोलीले जिते पनि उसको लागि यो दोस्रो विश्वकपको उपाधि हुनेछ।

यसअघि पाकिस्तानले सन् २००९ र इङ्ल्यान्डले सन् २०१० मा टी–ट्वान्टी विश्वकपको उपाधि जितेको थियो। त्यसयता दुबै टोलीलले उपाधि जित्न सकेका छैनन्।