नवगठित मन्त्रिपरिषद्को पहिलाे बैठक जारी

HTV Khabar ११ पौष २०७९, सोमबार ०२:४० मा प्रकाशित

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गठित मन्त्रिपरिषद्को पहिलाे बैठक सुरु भएको छ। सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पहिलो औपचारिक बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहितका अन्य सबै मन्त्रीहरु उपस्थीत छन्। सबै मन्त्रीहरूको कार्य विभाजन नभएकाले अरू विस्तृत निर्णय गर्ने एजेण्डा छैन।