आज पोखरामा सभा गर्दै समाजवादी मोर्चा

HTV Khabar १५ भाद्र २०८०, शुक्रबार ०७:२३ मा प्रकाशित

काठमाडौं, चार दल सम्मिलित समाजवादी मोर्चाले आज गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्दैछ।

देशका सातै प्रदेशमा सन्देश सभा गरिरहेको मोर्चाले आज गण्डकीमा प्रदेशस्तरीय सन्देश सभा गर्न लागेको हो।

पोखरास्थित दीपेन्द्र सभागृहमा हुने सभामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव,एकीकृतसमाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

मोर्चाले हिजो सुर्खेतमा कर्णालीस्तरको सन्देशसभा गरेको थियो। बुधवार धनगढीको सुदुरपश्चिममा गर्ने भनिएको सभा अन्तिम समयमा आएर स्थगित भएको थियो। सो प्रदेशमा कहिले सभा गर्ने भन्ने विषयमा मोर्चाले निर्णय गरिसकेको छैन।